एकैदिन १२७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ३ को मृत्यु


अगर बत्ती

Dharana    

access_time 02 Mar 2022

काठमाडाैं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८१४ जनामा परीक्षण गर्दा एक सय २७ जनामा कारोना संक्रमण पुष्टि भएको हो । 

आज देभर ३२१ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट तिन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



Share Your Thoughts