आज ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि


अगर बत्ती

Dharana    

access_time 27 Feb 2022

काठमाडौं । आइतबार छ हजार चार सय ८६ जनामा गरिएको पीसीआर परीक्षणमा ९४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोभिड–१९ सङ्क्रमणबाट एकको मृत्यु भएको छ । यसैगरी, चार सय १५ जना कोभिड–१९ सङ्क्रमित निको हुनुभएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार पाँच सय १७ जना रहनुभएको मन्त्रालयले जनाएको छ ।



Share Your Thoughts