आज काेराेना संक्रमित १ सय १ थपिदा दुईको मृत्यु


अगर बत्ती

Dharana    

access_time 26 Feb 2022

काठमाडौं  । पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार २३९ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा दुई हजार ९१३ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार पाँच हजार १५२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर १५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५४० जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३४ पुगेको छ । 

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २९ हजार ११९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल आठ हजार ८३९ जना सक्रिय सङ्क्रमित छन् ।



Share Your Thoughts