१ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाकाे निधन


अगर बत्ती

Dharana    

access_time 24 Feb 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा १५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा दुई हजार २३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल सात हजार ७४३ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३१८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५६२ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख १५ हजार ४०६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल नौ हजार ६७८ जना सक्रिय सङ्क्रमित छन् ।



Share Your Thoughts