बनेपाबाट चोरीएको मोटरसाईकल ग्वार्कोबाट ट्राफिक प्रहरीको नियन्त्रणमा


अगर बत्ती

Dharana    

access_time 24 Feb 2022

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरीको मोटरसाईकल सहित एक जनालाई ललितपुरको ग्वार्कोबाट नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले रामेछाप सुनापाती गाउँपालिका घर भई काठमाण्डौं बस्ने वर्ष २३ को आर्टी तामाङ्गलाई बनेपाको भिमसेन मन्दिरबाट हराएको बा.प्र.०२,०१७ प ७७२४ नम्वरको कालो, रातो रङको २२० सी।सी।को पल्सर मोटरसाईकल सहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

वास्तविक नम्बर प्रदेश ३०२, ००४ प ९५९८ खुल्न आएको सो मोटरसाईकल काभ्रे घर भएका प्रमेश्वर श्रेष्ठको रहेको समेत पत्ता लागेको छ । निज सवारी धनीलाई मोटरसाईकल भेटिएको जानकारी समेत दिसकेको महाशाखाले जनाएको छ । नियन्त्रणमा आएको मोटरसाईकल सहित पक्राउ परेका मानिसलाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी ईलाका प्रहरी कार्यालय बनेपा पठाइएको महाशाखाले जानकारी दिएकोछ ।



Share Your Thoughts