२ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा दुई जनाकाे निधन


अगर बत्ती

Dharana    

access_time 23 Feb 2022

काठमाडौं । पछिल्लो २४ घण्टामा २५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार ५९० जनाको एन्टीजेन परीक्षण गर्दा ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल आठ हजार ६९३ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर ३१२ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ९११ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख ३५ हजार ७९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल १० हजार ९० जना सक्रिय सङ्क्रमित छन् ।



Share Your Thoughts