नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय


अगर बत्ती

Dharana    

access_time 17 Feb 2022

काठमाडौं  । सरकारले नेपाल प्रहरीमा ३ एआईजीको दरबन्दी थप्ने सरकारको निर्णय गरेको छ।

शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको ३ दरबन्दी थप्ने निर्णय गरेको हो।

हाल प्रहरी प्राविधिकबाहेक ५ एआईजीको दरबन्दी छ। अब एआईजीको दरबन्दी ८ पुग्ने भएको छ। 

प्रहरी प्रधान कार्यालयले तीन एआईजीको दरबन्दी थप्न संगठन तथा व्यवस्थापन सर्वे ९ओएण्डएम० गरेर गृह मन्त्रालयमा पठाएको डेढ महिनापछि मन्त्रिपरिषद्ले तीन दरबन्दी थप्ने निर्णय गरेको हो। 

दरबन्दी स्वीृकत भएसँगै अब एआईजी बढुवाको प्रक्रिया अघि बढ्नेछ। एआईजी बढुवाका लागि १० डीआईजी प्रतिस्पर्धामा छन्। गत वैशाख ७ गते १० एसएसपीहरुले डीआईजीको फुली लगाएका थिए।

उक्त सूची अनुसार पहिलो नम्बरमा घनश्याम अर्याल, दोस्रोमा प्रकाशजंग कार्की, तेस्रोमा वसन्त पन्त, चौथोमा ईश्वरबाबु कार्की, पाँचौंमा सहकुल थापा, छैठौंमा धिरज प्रताप सिंह, सातौंमा वसन्त लामा, आठौंमा रवीन्द्र धानुक, नवौंमा उत्तमराज सुवेदी र दसौं नम्बरमा अरुण बिसी बढुवा भएका थिए। 

उनीहरुमध्ये पाँचौं नम्बरका थापा एआईजीमा बढुवा भइसकेका छन्। बाँकी रहेकामध्येबाट एआईजी बढुवा हुनेछ। सिंह, लामा, धानुक, सुवेदी र बिसी बाहेक अन्यको कार्यकाल ३० वर्षे सेवा अवधिका कारण आगामी वैशाख १८ मा सकिँदैछ। उनीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन्।

आफूहरु सिनियर भएको र सिनियर ब्याचबाट समेत बढुवा हुनुपर्ने भन्दै उनीहरु समेत तिव्र लविइङमा लागेका छन्। कार्यसम्पादनमा अब्बल ठानिएका सिंह, सुवेदी, धानुकलगायत पनि बढुवाको बलियो दाबेदार मानिएका छन्। 

त्यसैगरी, उनीहरु भन्दा पछि डीआईजी भएकाहरुसमेत अहिले नै एआईजी बन्न लविइङमा लागेका छन्। २०७७ पुस २२ मा ९ एसएसपीलाई डीआइजीमा बढुवा गरिएको थियो।

गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा  देवबहादुर बोहरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य बढुवा भएका थिए। यो टोलीबाट एआईजी बढुवाका लागि तिव्र लविइङ भएको पाइन्छ।



Share Your Thoughts