प्रतिकूल मौसमका कारण दुई सातादेखि बन्द रहेकाे विमानस्थल पुनः सञ्चालन हुने


अगर बत्ती

Dharana    

access_time 14 Feb 2022

फुङलिङ । मौसममा सुधार आएसँगै सुकेटार विमानस्थल पुनः सञ्चालनमा आएको छ।  भारी हिमपात र प्रतिकूल मौसमका कारण दुई सातादेखि सो विमानस्थलबाट हवाई उडान हुन सकेको थिएन।     

मौसम अनुकूल भएसँगै पूर्ववत् तालिकाअनुसार  उडान भएकोे नेपाल वायुसेवा निगमका ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए। काठमाडौंबाट १४ यात्रु लिएर निगमका जहाज ताप्लेजुङ आइपुगेको र ताप्लेजुङबाट १७ यात्रु लिएर जहाज काठमाडौं पुगेको उनले बताए।   

विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएका कारण उडान तालिकाअनुसार निरन्तर चार पटक उडान रद्द भएको थियो। निगमले  सो विमानस्थलमा प्रत्येक साताको सोमबार, बुधबार र शुक्रबार गरी सातामा तीन दिन उडान भर्दै आएको छ । रासस



Share Your Thoughts