आहा रारा गोल्डकपमा थ्री स्टारलाई हराउँदै आर्मी सेमिफाइलनमा पुग्याे


अगर बत्ती

Dharana    

access_time 25 Jan 2022

कास्की ।  थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रङ्गशालामा आज मङ्गलवार भएको खेलमा थ्री स्टार क्लबलाई एक–शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।  आर्मीका लागि खेलकाे ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ ।

पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ ।  प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।  यसैबीच प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले भोलिदेखि हुने सेमिफाइनल खेलमा स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकलाई अनुमति दिइने जनाएको छ ।   



Share Your Thoughts