चरेससहित राझाँ विमानस्थलबाट महिला पक्राउ


अगर बत्ती

Dharana    

access_time 25 Jan 2022

काठमाडौं । लागू औषध चरेससहित राझाँ विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन् । राझाँ विमानस्थलबाट बुद्ध एयरको उडानद्वारा काठमाडौं आउन लागेकी कालिकोटकी ५० वर्षिया कृष्णकला शाही पक्राउ परेकी हुन् ।

  शाहीलाईइ टर्मिनल हलबाट डिपार्चरतर्फ जाने क्रममा चेकजाँच चरेससहित पक्राउ परेकी हुन् । उनले आफूले लगाएको सुरुवालको इजारभित्र लुकाएको ३३ ग्राम फेला परेको हो ।  सो बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



Share Your Thoughts