काठमाडौँ– राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रोकिएको खोप कार्यक्रम मंगलबारबाट पुनः सञ्चालन हुने भएको छ।
यसअघि अस्पतालले आइतबार सूचना जारी गर्दै खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी ५० जनाभन्दा बढीमा कोरोना संक्रमण भएपछि खोप कार्यक्रम एक साताका लागि स्थगित भएको जानकारी गराएको थियो।
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति उपलब्ध हुने भएपछि रोकिएको खोप कार्यक्रम मंगलबारदेखि पुनः सुरु हुने अस्पतालले जनाएको छ।
खोप कार्यक्रम मंगलबार बिहान १०ः०० बजेबाट सुरु हुने अस्पतालले जानकारी दिएको छ।