बाँकेमा ४२ वर्षीय पुरूष नालामा मृत


अगर बत्ती

Dharana    

access_time 24 Jan 2022

बाँकेकाे जानकी गाउँपालिका ६ का ४२ वर्षीय मोहनसिंह ठकुरी नालामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनी सोमबार बिहान साइकलसहित नालामा मृत भेटिएका हुन्।  इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक होमप्रसाद चौधरीका अनुसार ठकुरी स्थानीय अम्बे स्टिल उद्योगमा काम गर्ने खुलेको छ।

उद्योगको काम सकेर घर फर्कने क्रममा: गए राति उनी नालामा परेको हुनसक्ने अनुमान गरिएको छ।  रातभर परेको पानीले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ।  स्थानीयबासिन्दाले बिहान नालामा ठकुरीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि अस्पतालमा लगिएको छ।



Share Your Thoughts