प्रहरीले बरामद गरेको महमा भेटियो क्यान्सर गराउने तत्त्व


अगर बत्ती

Dharana    

access_time 22 Jan 2022

महानगरीय अपराध महाशाखाको टोली माघ ६ गते बिहीबार ज्याठामा रहेको एक घरमा पुग्यो । अखाद्य पदार्थ मिसाएर नक्कली मह बनाएर बजारमा विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मह उद्योगका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरी ७ हजार ६०० केजी तयारी मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ बरामद गर्यो ।     

जतिबेला प्रहरी टोली मह उद्योग रहेको ज्याठास्थित घरमा पुग्यो, मह उत्पादनस्थलको अवस्था र भण्डारण देखेर आफैँ दङ्ग पर्‍यो । मह उत्पादनस्थल यति फोहोर थियो कि त्यो खाद्यवस्तु उत्पादन गर्ने स्थान नभएर फोहोर सङ्कलन गरेर राखिएको स्थान जस्तो थियो । अनि मह बनाउने स्थानमा माहुरीको महभन्दा बढी चिनी र ग्लुकोज पाइएको थियो । 



Share Your Thoughts