कलेज प्रशासनविरुद्ध नोबेल र केएमसीका विद्यार्थीद्वारा प्रदर्शन


अगर बत्ती

Dharana    

access_time 21 Jan 2022

काठमाडौँ– विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजका विद्यार्थीहरुले शुक्रबार पनि विरोध प्रदर्शन जारी राखेका छन्। 

कलेज प्रशासनले मनपरी शुल्क उठाएको विरोधमा उनीहरुले शुक्रबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरु ‘चिकित्सा शिक्षा आयोगले तोकेको बाहेक अन्य अतिरिक्त शुल्क लिन पाइँदैन, होस्टल अनिवार्य गर्न पाइँदैन, होस्टलका नाममा चर्को शुल्क लिन पाइँदैन, सम्झौता पत्र पूर्ण पारदर्शी हुनुपर्छ र अभिभावक तथा विद्यार्थीको अनिवार्य मञ्जुरी जरुरी छ’ लगायतका माग राख्दै आन्दोलनमा छन्।



Share Your Thoughts