लुटेराको आक्रमणबाट असई पोखरेल घाइते


अगर बत्ती

Dharana    

access_time 19 Jan 2022

धनुषाको बटेश्वर गाउँपालिकामा लुटेराको एक समुहले प्रहरीमाथि आक्रमण गरेको छ । सो गाउँपालिकाको वडा नम्बर ४ मा मंगलवार राति लुटेरा समूहले प्रहरी चौकीका असई मनोज पोखरेलमाथि आक्रमण गरेका हुन् ।

लुटेराको आक्रमणबाट असई पोखरेल घाइते भएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । घाइते असइको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भने उनको टाउकामा १२ वटा टाँका लागेको उनले बताए ।

ससुराली बटेश्वर जाने क्रममा लुटेरा समूहले महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ७ का अमित पासमानलाई लुटपाट गरेका थिए । सो घटना बारे जानकारी पाएलगत्तै घटनास्थल पुगेर लुटेराहरुलाई पक्राउ गर्न खोज्दा असई पोखरेलमाथि एक्कासी आक्रमण भएको थियो ।

लुटपाट गर्नेहरुलाई पक्रेर ल्याउने क्रममा घेरेर केही व्यक्तिले असई पोखरेलमाथि आक्रमण गरेको प्रहरी उपरीक्षक रजौरले बताए । उनले घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेहरुमा चन्द्रदेव यादव, रामजिवन ठाकुर, कमलेश यादव, रामबाबु यादव र नरेशरवि दास रहेका छन् । पक्राउ परेकाहरुबाट थप अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक रजौरेले बताए ।   



Share Your Thoughts