चारपटकको विजेता घाना अप्रिका कप अफ नेशन्सको समूह चरणबाटै बाहिरिएको छ। समूह सी अन्तर्गत मंगलबार राति भएको खेलमा घाना कोमोरोससँग ३–२ ले पराजित भएको हो ।
कोमोरोसका लागि चौथो मिनेटमा बेन नाबोहान र ६१ र ८५ औँ मिनेटमा मोग्नीले गोल गरे।
घानाका लागि ६४ औँ मिनेटमा बोएकी र ७७ औँ मिनेटमा डीजिकुले गोल गरे । त्यसअघि २५ औँ मिनेटमा एन्ड्री अय्यू सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घाना १० खेलाडीमा सीमित भयो ।
पराजित भएको घाना तीन खेलबाट एक अंक मात्रै जोडेर पुछारमा छ । कोमोरोस तीन अंकसहित तेस्रो स्थानमा छ ।
अर्को खेलमा गाबोन र मोरक्कोले २–२ को बराबरी खेले । सात अंकसहित मोरक्को शीर्ष स्थानमा छ भने गाबोन पाँच अंकसहित दोस्रो स्थानमा रह्यो ।
मंगलबार राति नै भएको समूह बी अन्तर्गतको खेलमा मालवीसँग गोलरहित बराबरीमा रोकिएको सेनेगल समूहको शीर्ष स्थानमा रह्यो । अर्को खेलमा जिम्बाबेले गिनीलाई २–१ ले पराजित गरेको छ ।