६ माघदेखि मनकामना मन्दिर प्रवेश निषेध


अगर बत्ती

Dharana    

access_time 19 Jan 2022

मनकामना क्षेत्र विकास समितिलिे मनकामना मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि मंगलबार बसेको सरोकारवालाहरूको बैठकले ६ गते (बिहीबार)देखि माघ मसान्तसम्म मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। 

यस अवधिमा नित्यपूजा वाहेक अन्य पूजा र मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिए।

मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि निषेध गरिएको छ। 
 



Share Your Thoughts