काठमाडौँ– नेपाल र भारतबीचको सीमा विवादबारे भारतले मुख खोलेको छ।
काठमाडौँस्थित भारतीय दूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै सीमा विवादबारे भारतको धारणा नेपाल सरकारसमक्ष जानकारी गराइसकेको जनाएको छ।
यस विषयमा नेपाल र भारतको अन्तर सरकारी संयन्त्रबाट समाधान खोज्नुपर्ने भारतको भनाइ छ।
केही समयअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेक क्षेत्रमा सडक निर्माण जारी रहेको भन्दै दिएको अभिव्यक्तिपछि नेपालमा चर्को विरोध भएको थियो।
नेपालका प्रमुख राजनीतिक दलहरुले मोदीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। नेपालमा चर्को विरोध भइरहेका बेला भारतले सीमा विवादबारे मुख खोलेको हो।