एमाले कैलालीको अध्यक्षमा चार मतले रतन थापा विजयी


अगर बत्ती

Dharana    

access_time 11 Jan 2022

धनगढी – नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गर्दै थापा आठौँ अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाए।

यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन्। जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए। सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन्।

उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्।

अध्यक्षमा थापा बिजयी भएपनि अधिकांस पदाधिकारी भने चन्द प्यानलबाट बिजयी बनेका हुन । अन्य पदको मत गणना जारी रहेको छ । अध्यक्ष सहित १५० पदका लागि ३२९ जना चुनावी मैदानमा रहेका थिए ।



Share Your Thoughts