काठमाडौँ- नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा बतास समूहले बनाएको संरचना भत्काउन सुरु गरिएको छ।
नारायणहिटी परिसरमा रेस्टुराँ सञ्चालन गर्न अवैध संरचना बनाएको विषयमा पर्यटन मन्त्रालयले समिति नै गठन गरेर छानबिन सुरु गरेपछि बतास समूहले संरचना भत्काउन थालेको हो।
पर्यटन मन्त्रालयले नारायणहिटी परिसरमा बनाएको संरचनाबारे छानबिन गर्न सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा उपसचिव टेकनारायण पौडेल, लेखा नियन्त्रक सूर्यमणि गौतम, उपसचिव पुरुषोत्तम खतिवडा सदस्य र सदस्य सचिवमा शाखा अधिकृत टङ्कबहादुर नेगी रहेको समिति पनि गठन गरेको छ। समितिले तीन दिन भित्र अध्ययन गरेर सुझाव पेस गर्नेु पर्नेछ।