‘लाखे’ मा भित्रिए रोहित, पूरा भयो कलाकारको टोली


अगर बत्ती

Dharana    

access_time 04 Jan 2022

काठमाडौँ – नायक रोहित रुम्बा चलचित्र ‘लाखे’ मा अनुबन्धित भएका छन्। चलचित्र निर्माण टोलीले उनलाई मुख्य कलाकारको भूमिकामा अनुबन्धित गरेको हो। नायकले पनि ‘लाखे’ कथा मन परेकोले चलचित्रसँग जोडिएको बताएका छन्। रोहितले यस अगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै चलचित्रमा अभिनय गरेका छन् ।

रोहितसँगै चलचित्रमा सन्जय थापा र संन्जोग राणालाई पनि भित्र्याइको छ । योसँगै चलचित्रका लागि आवश्यक कालकारको संख्या पूरा भएको चलचित्रका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए।

चलचित्रका लागि यो भन्दा अगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीलाई अनुबन्द गरिसकिएको छ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रलाई सिजन अर्यालले लगानी र कथा रहेको छ। गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

ठूलो बजेटमा निर्माण हुन लागेको चलचित्रको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । चलचित्र पुस २६ बाट छायांकनका लागि फ्लोरमा जाने निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।



Share Your Thoughts