उपन्यासकार नीलम कार्की निहारिकालाई धुस्वां–बसुन्धरा पुरस्कार प्रदान गर्ने


अगर बत्ती

Dharana    

access_time 02 Jan 2022

काठमाडौं । यस वर्षको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार नीलम कार्की निहारिकालाई प्रदान गर्ने घोषणा गरिएको छ । गंकी धुस्वां–बसुन्धरा प्रतिष्ठानले शुक्रबार यस्तो घोषणा गरेको हो ।

प्रतिष्ठानले शुक्रबार दुई पुरस्कारको घोषणा गरेको छ। प्रतिष्ठानले कार्कीको उपन्यास ुद्रौपदी अवशेषुका लागि उक्त पुरस्कार प्रदान गरेको हो । यस्तै प्रतिष्ठानले धुस्वां सायमि सिर्जना पुरस्कार कलाकार गोविन्दलाल सिंह डंगोललाई प्रदान गर्ने घोषणा गरेको हो।

साहित्यकार धुस्वां सायमि र उनकी पत्नी बसुन्धरा मानन्धरको नाममा स्थापना गरिएको पुरस्कार हरेक दुई वर्षमा लेखक तथा उपन्यासकारहरूलाई प्रदान गरिँदैआएको छ । पुरस्कार वापत दुवै श्रष्टालाई ५० हजारका दरले नगद प्रदान गरिन्छ ।

प्रतिष्ठान सचिव प्रतिसरा सायमिद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत् २०७८ सालको पुरस्कार बारे निर्णय सार्वजनिक गरिएको हो । 



Share Your Thoughts