पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक


अगर बत्ती

Dharana    

access_time 27 Dec 2021

सञ्जीव पोखरेलको नयाँ कृति ‘एक अनि शून्य’ सार्वजनिक भएको छ । १० प्रमुख पश्चिमी दार्शनिक प्रवृत्तिमा केन्द्रित रहेर लेखिएको उक्त पुस्तकको शनिबार विमोचन गरिएको हो । 

लेखक पोखरेलले प्रकाशित पुस्तक आफ्नै छोरी खुसी पोखरेललाई उपहार दिएर लोर्कापित गरेका हुन् । कालिकास्थानस्थित पब्लिकेसन्स नेपालयको कार्यालयमा सानो भेलाबीच पुस्तक सार्वजनिक भएको हो ।   

आफ्नो छोरीका पुस्ताले यो पुस्तक पढून् र पढ्ने प्रयास गरून् र यसको अन्तरवस्तुलाई मनन् गरुन् भन्ने लेखकीय आकांक्षा र सदीक्षाका कारण विमोचनमा यस्तो शैली अपनाएको लेखक पोखरेलको भनाइ छ । 

 यो पुस्तक पब्लिकेसन्स नेपालयको सन् २०२१ को अन्तिम प्रकाशन हो ।



Share Your Thoughts