आइएमई पे मार्फत भुक्तानी गर्दा २०% क्यासव्याक अफर सार्वजनिक


अगर बत्ती

Dharana    

access_time 28 Nov 2021

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ को सेवाग्राही केन्द्रीत योजना शुक्रवार सार्वजनिक गरिएको छ ।

सोही योजना अन्तर्गत आइएमई पे सेवाग्राहीहरूको लागि नेपाल भरीका भाटभटेनी सुपर मार्केटमा किनमेल गर्दा २०% (रु ३०० सम्मको) क्यासब्याकको अफर रहेको छ । 

उक्त योजना सार्वजनिक गरिएको अवसरमा आइएमई पे का प्रमुख कार्यकारी अधिकृत श्री विकास नाहाटाले सोही योजना सार्वजनिक गर्दा सम्पुर्ण सेवाग्राहीहरू अझ बढी प्रोत्साहित हुने र सेवाग्राहीहरूले क्यासव्याक मार्फत भरपुर फाइदा उठाउन सक्ने खुसीयाली ब्यक्त गर्नुभएको छ । 

उक्त अफरमा आइएमई पे मा दर्ता भएका सम्पूर्ण मोबाइल नम्बरहरु भाग लिन पाउँनेछन् । यो एक पटकको वैध योजना हो, जसको अर्थ प्रति प्रयोग १ क्यासव्याक हुनेछ । प्रयोगकर्ताले ३०० रुपैयाँसम्म मात्र २०% छुट पाउन सक्नेछन् । 



Share Your Thoughts