आज १ सय ५८ जना काेराेना संक्रमित थपिदा २ को मृत्यु


अगर बत्ती

Dharana    

access_time 28 Nov 2021

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ९१८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रिय संक्रमितको संख्या ६९६६ जना रहेको छ ।   पछिल्लो २४ घण्टामा देशभर ३ सय ४२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख ०२ हजार ३८९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २३ पुगेको छ ।



Share Your Thoughts