ओमिक्रोन भारतमा फेला परेपछि नेपाल पनि उच्च जोखिममा


अगर बत्ती

Dharana    

access_time 28 Nov 2021

काठमाडौं । दक्षिण अफ्रिकामा पत्ता लागेर युरोपेली देश तथा हङकङ लगायत देशमा फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतमा पनि फेला परेको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरिएन्टले थप त्रास सृजना गरेको छ । 

नेपालसँगको खुल्ला सिमानाको कारण भारतमा देखिएको उक्त नयाँ भेरिएन्टबाट नेपाल पनि उच्च जोखिममा परेको छ ।  नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न र नियन्त्रणका लागि कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि पुनः हवाइ उडानमा कडाइ गर्नुपर्ने बताएका छन् ।  यो नयाँ भेरिएन्टको संक्रमण भएमा हाल प्रचलनमा रहेका कोरोना विरुद्धका खोपले समेत काम नगर्नसक्ने बताइएको छ, तर यसबारे थप अनुसन्धान हुन बाँकी छ ।



Share Your Thoughts