विश्वकप छनौटका लागि युरोपियन प्लेअफको ड्र सार्वजनिक, पोर्चुगल र इटालीको मार्ग कठिन


अगर बत्ती

Dharana    

access_time 27 Nov 2021

आउँदो वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि युरोपियन क्षेत्रको छनौट अन्तर्गत प्लेअफको टाई सार्वजनिक भएको छ ।

सिधै विश्वकपमा छनौट हुन नसकेका युरोपका देशहरुबीच प्लेअफ सेमिफाइनल तथा फाइनलको ट्र सार्वजनिक भएको हो ।

सार्वजनिक भएको ड्र अनुसार प्ले अफको सेमिफाइनलमा पोर्चुगलले टर्की, इटालीले उत्तरी मेसेडोनिया, स्वीडेनले चेक गणतन्त्र, रुसले पोल्याण्ड, वेल्सले अस्ट्रिया तथा स्कट्ल्याण्डले युक्रेनसँग प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै प्लेअफको फाइनलमा वेल्स वा अस्ट्रियाले स्कट्ल्याण्ड वा युक्रेन, रुस वा पोल्याण्डले स्वीडेन वा चेक गणतन्त्र तथा पोर्चुगल वा टर्कीले इटाली वा उत्तरी मेसेडोनियासँग प्रतिस्पर्धा गर्ने छन् ।

सार्वजनिक भएको ड्र अनुसार पोर्चुगल र इटली मध्ये एउटा टिम विश्वकपमा नहुने सम्भावना निश्चित भएको छ ।

उनीहरुले प्लेअफको आआफ्नो सेमिफाइनल जितेमा प्लेअफ फाइलनमा प्रतिस्पर्धा गर्नु पर्ने छ । हालै युरोकप जितेको इटाली तथा सन् २०१६ को युरो विजेता पोर्चुगलका लागि कठिन ड्र परेको हो ।



Share Your Thoughts