पहिचान नखुलेकी एक महिला सेती नदीमा बेपत्ता


अगर बत्ती

Dharana    

access_time 27 Nov 2021

 डोटीको दिपायलकी एक महिला सेती नदीमा बेपत्ता भएकी छन्। शुक्रबार दिउँसो उनी नदीमा बेपत्ता भएकी हुन्।

शुक्रबार दिउँसो नदीमा हाम फालेर बेपत्ता भएकी ती महिलाको पहिचान खुलेको छैन। उनको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रूपसिंह थापाले जानकारी दिए।

दिपायलस्थित सेती नदीको पक्की पुलमाथिबाट उनले सेतीमा हाम फालेकी प्रत्यक्षदर्शीहरुले बताएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका जवान केशव खड्काले पनि ती महिला सेतीमा खसेको देखेका थिए।   

लगत्तै प्रहरी र स्थानीयले खोजी सुरु गरे पनि उनलाई नभेटिएको प्रहरी निरीक्षक थापाले बताए।   



Share Your Thoughts