नेपाललाई १ लाख अमेरिकी डलर सहयोग


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

काठमाडौं । बाढीप्रभावितको घर पुनर्निर्माणका लागि चिनियाँ रेडक्रसले नेपाललाई १ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।    नेपालस्थित चिनियाँ दूतावासका अनुसार सो रकम नेपाल रेडक्रस सोसाइटीमार्फत सहयोग गरिने भएको हो । 

चिनियाँ जनता नेपाली जनताको पक्षमा उभिने र विपद्पछिको पुनर्निर्माणमा सहयोग गर्ने, विपद् रोकथाम तथा न्यूनीकरणमा नेपाली पक्षसँग सहकार्य गर्ने दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । 

  नेपाललाई मानवीय सहायतामा सघाउन तयार रहेको बताउँदै चीनले दुःख र शोक बाँड्ने प्रतिबद्धतासमेत जनाएको छ ।



Share Your Thoughts