कथानक चलचित्र गोर्खा वारियर–२ छायाँकन सुरु


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

काठमाडाैं । करिब आधा छायाँकन ​ सकिएपछि रोकिएको कथानक चलचित्र  ‘गोर्खा वारियर–२’ फेरि फ्लोरमा निस्किएको छ । बिहीबारदेखि फिल्मको छायाँकन सिन्धुलीबाट सुरु भएको हो । सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन पुनः सुरु गरिएको निर्देशक मिलन चाम्सले जनाएका छन् । 

सिन्धुलीपछि चलचित्रकाे छायाङ्कन तनहुँ, सोलुखुम्बुमा समेत हुनेछ । नेपाल छायाङ्कन सकिएपछि चलचित्र युनिट बेलायत, भारत, मलेशिया लगायतका देशमा प्रस्थान गर्नेछ । । रेविका गुरुङ, विजय लामा, रीयर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राई, मनोज केसी लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्रबाट रितेस चाम्स नवनायकको रूपमा डेब्यु गर्दैछन् । 

 लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा बन्ने चलिचत्रका सहनिर्माता सुरेश राई हुन् । चलिचत्रि  २०२२ भित्र रिलिज हुने निर्माण युनिटले जनाएको छ । मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन बीसीको सम्पादन, सुदीप बरालको छायाङ्कन, हिमाल केसीको द्धन्द्व रहने चलचित्रमा एलिस कार्कीको संगीत रहनेछ ।  



Share Your Thoughts