साइबेरिया खानी विस्फोटनमा परी ५२ जनाको मृत्यु


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

एजेन्सी । साइबेरियाको एक खानीमा विस्फोटन हुँदा फसेकाहरूको उद्धार गर्न गएका ६ जना उद्धारकर्मीसमेत गरी ५२ जनाको मृत्यु भएको रुसी मिडियाहरूले जनाएका छन् । 

बाँकी हराइरहेका व्यक्तिहरूको मृत्यु भएको अनुमान गरिएको छ ।  २६० जनाको उद्धार गरिएको छ । ३५ जना हराइरहेको भनिएको छ । साथै तीन उद्धारकर्मीको अवस्था पनि अज्ञात रहेको आरटीले जनाएको छ ।  साइबेरियाको लिस्टभ्याझस्काया खानीमा यो प्राणघाती दुर्घटना भएको छ । खानीमा मिथेन ग्यासको विस्फोटन भएको र यसले खानीमा विस्फोटन र धुवाँ भरिएकोले मानिसहरूलाई बाहिर निस्कन गाह्रो भएको रुसी अधिकारीले जनाएका छन् । 

एक फौजदारी अभियोग तत्कार खानी निर्देशक, उनका सहयोगी र म्यानेजर विरू तत्काल दर्ता गरिसकिएको रुसको अनुसन्धान समितिले जनाएको छ ।



Share Your Thoughts