आज बार–प्रधानमन्त्री छलफल, प्रधानन्यायाधीश हटाउन १७ कारण दिइने


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज (शुक्रबार) छलफल हुने भएको छ।


बार अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार छलफलका लागि प्रधानमन्त्री देउवाले बार पदाधिकारीहरूलाई शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) आउन भनेका छन्।


बारले गत सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई बुझाएको प्रधानन्यायाधीश जबरा पदबाट हट्नुपर्ने १७ कारण उल्लेख ज्ञापनपत्र आज प्रधानमन्त्री देउवालाई पनि बुझाइने उनले जानकारी दिएका छन्। 



Share Your Thoughts