स्वीडेन संसदमा पुनः मतदान हुने, म्याग्डालेना एन्डर्सन नै प्रधानमन्त्री बन्ने सम्भावना कति ?


अगर बत्ती

Dharana    

access_time 26 Nov 2021

स्टकहोम – स्वीडेनका विधायकहरूले आगामी सोमबार ‘सोसल डेमोक्रेटिक पार्टी’ का नेता म्याग्डालेना एन्डर्सनलाई नै प्रधानमन्त्री बनाउने कि नबनाउने भन्ने निर्णय लिन संसदमा मतदान गर्ने भएका छन्। यो एक हप्ता पनि नबित्दै उनलाई प्रधानमन्त्री चुन्न दोस्रो मतदान हुने भएको संसदका प्रवक्ताले बिहीबार बताए।

संसदले बुधबार देशकै पहिलो महिला प्रधानमन्त्रीको रूपमा एन्डर्सनलाई निर्वाचित गरेको थियोे तर उनको गठबन्धन सरकारका सहभागीले उनलाई साथ नदिने भएपछि प्रधानमन्त्री निर्वाचित भएको केही घण्टापछि उनले राजीनामा दिएकी थिइन्।

५४ वर्षीया एन्डर्सनले सोसल डेमोक्रेटबाट मात्र बनेको अल्पसङ्ख्यक सरकार गठन गर्ने सम्भावना देखिएको छ। उनलाई प्रधानमन्त्रीबाट हटाउन विपक्षी गठबन्धनको बहुमत सदस्यले उनीविरूद्ध मतदान गर्नुपर्ने प्रावधान स्वीडेनको कानुनमा रहेको छ।



Share Your Thoughts