अवैध लागूऔषध ब्राउनसुगर सहित पक्राउ


अगर बत्ती

Dharana    

access_time 25 Nov 2021

कञ्चनपुर । भिमदत्त नगरपालिका- हल्दुखालबाट १ ग्राम १ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-१८ कटान बस्ने २८ वर्षीय प्रकाश नाथलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 



Share Your Thoughts