आज निफ्राकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन


अगर बत्ती

Dharana    

access_time 24 Nov 2021

काठमाडौं नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको मंसिर २९ गते तेस्रो वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट हुने भएको छ । बैंकको कात्तिक ३० गतेको सञ्चालक समितिको बैठकले सभा अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा गर्ने निर्णय गरेको हो ।   

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश समेत पारित गर्ने जनाईएको छ ।  साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी दुई संचालक निर्वाचनको प्रस्ताव पनि पारित गर्ने भएको छ ।

बैंकले भोली बुक क्लोज गर्ने भएकोले आजसम्म कायम भएका शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश र सभामा सहभागी हुन पाउने भएका छन् ।



Share Your Thoughts