काँग्रेस अधिवेशन : ४० जिल्लाको नतिजा सार्वजनिक


अगर बत्ती

Dharana    

access_time 24 Nov 2021

नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशनअन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशनको अन्तिम नतिजा बुधबार साँझसम्ममा आउने भएको छ । नेपाली  काँग्रेस  केन्द्रीय  निर्वाचन  समितिका  संयोजक  महादेवप्रसाद  यादवले  ६०  जिल्लाका  १४८  प्रतिनिधि  सभा  निर्वाचन क्षेत्रको सोमबार सुरु भएको अधिवेशनको अन्तिम नतिजा बुधबार आउने बताए । संयोजक यादवले भने, “६०  जिल्लामध्ये  मङ्गलबार  साँझसम्ममा  ४०  जिल्लाको अन्तिम नतिजा प्रकाशित भएको छ, अन्य जिल्लाको मत  परिणाम  बुधबार  आउने  जानकारी  जिल्लाहरूबाट  प्राप्त  भएको छ ।” 

यादवका अनुसार देशभरिका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये १६ वटा निर्वाचन क्षेत्रमा यसअघि नै नेतृत्व चयन भइसकेको छ । जाजरकोटमा निर्विरोध नेतृत्व चयन भए पनि अन्य  सबै  जिल्लामा  मतदानमार्फत  नेतृत्व  चयन  भइरहेको  उहाँले  बताए  ।  नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशन  मङ्सिर २४ देखि २६ सम्म काठमाडौँमा हुँदैछ । यो समाचार गोरखापत्र दैनिकमा छ ।



Share Your Thoughts