मदासको अनलाइन अपोइन्टमेन्ट सेवा


अगर बत्ती

Dharana    

access_time 23 Nov 2021

काठमाडौं  । आइएमई ग्रुपद्वारा संचालित मिदास टेक्नोलोजीद्वारा प्रर्विद्र्धत मिदास टेक्नोलोजीले अस्पातालहरूमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

यो सेवा हाललाई बीर र सिभिल सर्भिस अस्पताल एवम् मनमोहन कार्डियोसँगै मिदास टेक्नोलोजीले उपलब्ध गराईएको सफ्टवेर प्रयोगकर्ता अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ । बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान गर्न सक्षम हुनेहुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । यी सेवा लिनका लागि सम्बन्धित अस्पतालको मोबाइल एप्लिकेसन वा मिदास टेक्नोलोजीकोे मेरो डाक्टर मोबाइल एप तथा वेभ ९mभचयमयअतयच।अयm० मार्फत पनि उल्लेखित अस्पतालका अनलाइन ओ.पी.डी. टिकट सेवा प्रदान गर्दे आइरहेको छ ।

विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ ।

मिदास टेक्नोलोजिज्स् प्रा.लिको बारेमा ः–

स्वास्थ्य सूचना प्रविधिको क्षेत्रमा एक विश्वसनीय नाम मिदास टेक्नोलोजी आइएमई ग्रुपद्वारा प्रर्विद्र्धत कम्पनी हो । विगत दुई दशकदेखि अस्पतालका सेवालाई डिजिटलाइज्ड गर्ने कार्यमा मिदासले अग्रणी भूमिका खेल्दै आएको छ । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) को आधारमा अस्पताल र स्वास्थ्य संस्थाहरूको व्यवस्थापन पूर्ण रूपमा डिजिटलाइज गर्न प्रविधिको विकास गरेको छ । मिदासले देशभरका १ सय ५० भन्दा बढी अस्पतालहरूलाई व्यवस्थापन पद्वतिमा सहयोग गर्दै आइरहेको छ ।




Share Your Thoughts