एकैदिन २ सय ३२ जनामा कोरोना सङ्क्रमित १ को मृत्यु


अगर बत्ती

Dharana    

access_time 21 Nov 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा २३२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

सात हजार ८४५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २३२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यसैगरी, एक हजार २७८ जनामा एन्टिजेन परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।

  पछिल्लो २४ घण्टामा ४७० जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४९६ पुगेको छ । 

यसैगरी देशमा हालसम्म सात हजार १६४ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



Share Your Thoughts