काठमाडौं \ पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार बढीले कोभिड १९ विरुद्ध खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख ७३ हजार ४९८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका हुन्।
यस्तै, ८ हजार ९७२ जनाको परीक्षण गर्दा २९३ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ३६९ जना संक्रमणमुक्त भएका छन्।
यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ५३९ पुगेको छ।
संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ११ हजार ४९४ जना संक्रमितको मृत्यु भइसकेको छ।