लुकाएर ल्याएको २ किलो सुनसहित दुई युवा पक्राउ


अगर बत्ती

Dharana    

access_time 19 Nov 2021

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कट्टुमा लुकाएर ल्याएको सुनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घर भएका सीताराम चौधरी र सिरहा घर भएका सरोज सहनी छन् ।     

उनीहरुलाई विमानस्थलको पार्किङबाट २ किलो तरल सुनसहित पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।

दुबईबाट नेपाल वायुसेवा निगमको जहाजमा आएका उनीहरुलाई महाशाखा र विमानस्थल सुरक्षा कार्यालयको टोलीले शंका लागेपछि चेकजाँच गरेको थियो ।   

दुबई विमास्थलमा सुन पठाउने समुहले ‘कट्टु लगाएर जानु’ भनेर सुन लुकाएको भित्री कट्टु दिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।



Share Your Thoughts