एकैदिन २ सय ७२ जना सङ्क्रमित थपिदा, ६ जनाको मृत्यु


अगर बत्ती

Dharana    

access_time 18 Nov 2021

काठमाडौं । पछिल्लो २४ घण्टामा २७२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ८६३ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यसैगरी, तीन हजार २८८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको जनाएको छ ।  पछिल्लो २४ घण्टामा २६० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४८९ पुगेको छ ।  यसैगरी देशमा हालसम्म सात हजार ६४२ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  त्यस्तै पछिल्लो २४ घण्टामा ७१ हजार ८९२ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Share Your Thoughts