ट्राफिक प्रशासन तालिम संचालन


अगर बत्ती

Dharana    

access_time 17 Nov 2021

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रशासन २२औं समूहको तालिम मंगलबारबाट संचालन भएको छ ।

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिम उद्‌घाटन गर्दै संगठनको उद्देश्य बमोजिम संचालित तालिममा प्रशिक्षार्थीहरुले ट्राफिक प्रहरीले गर्नुपर्ने व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने जनाउनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले ३५ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ११ जना र प्रहरी सहायक निरीक्षक २९ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।



Share Your Thoughts