रुपन्देहीमा लागु औषध सहित २ महिला र १५ जना पुरुष पक्राउ


अगर बत्ती

Dharana    

access_time 17 Nov 2021

बुटवल। प्रहरीले रुपन्देहीमा लागु औषध बिरुद्ध विशेष अप्रेसन शुरू गरेको छ । उक्त अप्रेसन अन्तर्गत गत कार्तिक महिनामा अवैध लागु औषध सहित २ जना महिला र १५ जना पुरुष पक्राउ परेका छन् । 

बरामद लागु औषध मध्ये ४७ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर, १०५ ट्याब्लेट नाइट्राजेपाम, २३ ट्याब्लेट डाइजेपाम, २३ ट्याब्लेट फेनारागन, १३ ट्याब्लेट नुफिन र २३ ट्याब्लेट टालजेसिक रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले बताए ।     

प्रहरीले एउटा मोटरसाईल र ३ थान मोबाइल सेट पनि बरामद गरेको छ । पक्राउ पर्नेमा सम्मरीमाई गाउपालिका रुपन्देहीका निरज यादव, मर्चवारी गाउपालिका–५का राहुल पाण्डे, कञ्चन गाउँपालिका ४ का मोहन सुनार र प्रदिप पुन, नन्द कुमार दर्जी,कञ्चन १ सिमा कुमारी श्रीस, चितवनको भरतपुर महानगरपाकिला १६ का दिपेन्द्र सुनार नवलपरासी (पुर्व) गैडाकोट १ का नकुल बि.क. रहेका छन् ।

यस्तै तिलोत्तमा–४ का शंकर नेपाली, तिलोत्तमा–३ का केशव गिरी र बुटबल ११ का दिपक नेपाली पक्राउ परेका छन् ।  यस्तै चितवन साविक दारेचोक स्थायी घर भई हाल बुटवल १७ रानिगन्ज बस्ने रवि लामा, बुटवल २ पाखापानीका राजु थापा क्षेत्री र बुटवल देविनगरका प्रसाद ज्ञवाली पनि पक्राउ परेका छन् । 

यस्तै बुटवल १४ पदमपुरका निर्मल भारती, नवलपरासी प्रतापपुरका मोहमद अफ्रोज मिया र बुटवल १ का सम्झना हलुवाई पक्राउ परेका सहायक प्रहरी प्रवक्ता चन्दले बताए ।



Share Your Thoughts