विप्लव नेतृत्व नेकपाको बन्दले यातायत सेवा प्रभावित


अगर बत्ती

Dharana    

access_time 16 Nov 2021

काठमाडौँ / नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको बन्दका कारण यातायात सेवा प्रभावित भएको छ । 

काठमाडौँ उपत्यकाका मुख्य क्षेत्रहरुमा नियमित भन्दा निकै कम सवारी साधान चलेका छन् । तर केही मात्रा टेम्पु, माइक्रो तथा ट्याक्सीसहितका सार्वजनिक सवारी साधान चलेका छन् । 

यस्तै निजी सवारी साधान पनि केही चलेका छन् ।

तर अधिकांश रुपमा अरु दिनजस्तो चहलपहल देखिएको छैन । पसलहरु पनि कम खुलेका छन् ।  सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

काठमाडौँ उपत्यकाका चोकचोकमा सुरक्षाकर्मीहरूको तैनाथी बढाइएको छ ।  बन्द गराउँदै हिँड्ने कम्तीमा ६ जनालाई पक्राउ गरिएको काठमाडौँ प्रहरीको भनाई छ । महाराजगञ्जबाट तीनजना र साँखुबाट तीनजनालाई पक्राउ गरिएको हो । 

चन्द नेकपाले मूल्यवृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरेको हो । सवारी साधान कम चल्दा सर्वसाधारण यात्रुहरु भने मर्कामा परेका छन् ।



Share Your Thoughts