शेयर काराेबारकाे सुरूमै करिब ४ अंक बढे


अगर बत्ती

Dharana    

access_time 14 Nov 2021

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।     गत बिहीबार ५९.५७ अंक घटेर २६९०.२९ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन सेसनमा ३.७६ अंक बढेर २६९४.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१३ अंक घटेको छ।     

आइतबार प्रि ओपन सेसनमा २१ कम्पनीको ७६ लाख २ हजार ७८० रुपैयाँ ८० पैसा बराबरको १२ हजार २६१ कित्ता सेयर कारोबार भएको छ।    कारोबारमा आएकामध्ये १२ कम्पनीको सेयरमूल्य बढेको छ भने २ कम्पनीको सेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको सेयरमूल्य सो सेसनमा स्थिर छ।



Share Your Thoughts