मिलेमतोमा गायक अमात्यको जग्गामा किर्ते कागज बनाएर ठगी धन्दामा संलग्न ४ जना पक्राउ


अगर बत्ती

Dharana    

access_time 12 Nov 2021

काठमाडौं । गायक योगेश्वर अमात्यको नामको बारामा रहेको १२ बिगाहा जग्गा किर्ते कागजात बनाएर १९ करोड ठगी गरेका छन् ।

कुमारी बैंक पर्सा शाखाका जुनियर असिस्टेन्ट सहितको मिलेमतोमा गायक अमात्यको जग्गामा किर्ते कागज बनाएर ठगी धन्दामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

 पक्राउ पर्नेमा बैंकका पर्सा शाखाका जुनियर असिस्टेन्ट सोनु ठाकुर, जग्गाका मुल्यांकनकर्ता राजेश्वर चौरसीया, मुक्तिनाथ गौतम र एसकुमार महर्जन रहेका छन् । गौतम र महर्जनले बिरुवा भुमि वनकाली कम्पनीका नाममा नक्कली कागजात बनाएर कुमारी बैंकबाट १९ करोड निकालेको प्रहरीले जनाएको छ ।  आफ्नै जग्गामा आफुलाई केही जानकारी नदिई ठगी धन्दा थाहा पाएपछि गायक अमात्यले एक महिनाअगाडी प्रहरीलाई उजुरीदिएका थिए । 

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अमात्यको बारामा रहेको १२ बिगाहा जग्गा सुरक्षित रहेको भर्खरै जानकारी दिएको छ । नक्कली कागजात राखेर पैसा निकाल्ने कुमारी बैंकका दुई कर्मचारी मुक्तिनाथ गौतम र एसकुमार महर्जनको जग्गाजमिन राखेर अमात्यको जग्गा सुरक्षित बनाइएको बताइएको छ ।   



Share Your Thoughts