नेपाल भाषा एम.ए. तहमा कार्तिक २६ गतेसम्म रि-इन्ट्रान्सकाे फाराम भर्न सक्ने भिडियाे सहित


अगर बत्ती

Dharana    

access_time 09 Nov 2021

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाल भाषा एम.ए. तहको भर्नाका लागि रिरि—इन्ट्रान्सकाे समयावधि थप यही कार्तिक २६ गतेसम्म थप गरिएकाे छ । 

नेपाल भाषा शिक्षक प्रा. डा. चन्द्रमान बज्राचार्यका अनुसार अहिलेसम्म शंकर थापाले समेत एम.ए. नेपाल भाषा पढ्नका लागि रि इन्टान्स दिएपछि नेपाल भाषा पढ्ने विध्यार्थी संख्या १५ जना पुगेकाे जनाए । भर्ना गर्ने अवधि अपुग भएकाले क्याम्पस प्रशासनलाई विशेष अनुरोध गरी समय थप गराएका छाैं तसर्थ नेपाल भाषा एम.ए. अध्ययन गर्न चाहनेहरूले यथाशिघ्र सम्पर्क गर्न अनुराेध गरेका छन् । 

नेवाः विध्यार्थी युनियनका सचिव प्रशान्त डंगोलका अनुसार वि.सं. २०७३ सालतिर एक जना समेत नेपाल भाषा अध्ययन गर्ने विध्यार्थी नभएकाे यस क्याम्पसमा सम्पूर्ण मातृभाषाप्रेमी, न्यायप्रेमी, शिक्षाप्रेमी विध्यार्थीहरूकाे सकृयतामा अभियान सफल भएकाे जनाए । 

दुई बर्षकाे लामो संघर्ष पश्चात अभियान सफल भएकाले नेपाल भाषा एम.ए. तह भर्ना अभियान सशक्त बनाउनमा सहयाेग गर्न  नेवाः विद्यार्थीको युनियन अध्यक्ष रिदेन महर्जनले नेवाः देय् दबू, हलि नेवाः गुथि, ज्यापू महागुथी लगायतका सम्पूर्ण संगठनलाई विशेष अनुराेध गरेका छन् ।

यसरी वेभ साइट मार्फत Website: www.tufohss.edu.np स https://entrance.tufohss.edu.np/ मा गएर अनलाइन आवेदन फाराम भर्न सकिने छ ।



Share Your Thoughts