त्रिविद्वारा परीक्षार्थीहरुको दैनिकि उपस्थिति विवरण सात दिन भित्र पठाईदिन अनुरोध


अगर बत्ती

Dharana    

access_time 04 Nov 2021

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयले परीक्षार्थीको संख्यामा ट्रिप्लिकेट र क्याम्पसको विवरण फरक देखिए पछि परीक्षार्थीहरुको दैनिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

विश्वविद्यालयले साउन ५ गतेदेखि संचालन गरेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा उक्त समस्या आए पछि विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।  साथै सम्बन्धित परीक्षा केन्द्रहरुले त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयमा परीक्षामा सहभागि परीक्षार्थीहरुको दैनिकि उपस्थिति विवरण सात दिन भित्र पठाईदिन अनुरोध गरेको छ ।




Share Your Thoughts