इतिहासमै पहिलाे पटक आर.आर. क्याम्पसमा एम. ए तहमा नेपाल भाषाकाे पढाई हुने


अगर बत्ती

Dharana    

access_time 03 Nov 2021

काठमाडाैं । नेवाः विद्यार्थीहरूकाे साझा संगठन नेवाः विद्यार्थी युनियनकाे  विशेष  सकृयतामा काठमाडाैं प्रदर्शनी मार्ग रहेकाे रत्न राज्यलक्ष्मी क्याम्पसय् एम.ए.  तहमा नेपाल भाषा समावेश गराउन सफल भएकाे छ । 

यस एैतिहासिक कार्यका निम्ति  काठमाडाैं र रत्न राज्यलक्ष्मी क्याम्पसबीचमा सहकार्य भएपछि  यसै बर्षदेखि शैक्षिक वर्ष २०७८-७९ देखि स्नातकोत्तर तहया प्रथम सेमेस्टरकाे भर्ना  खुलेकाे हाे ।   

नेवाः विद्यार्थी युनियनका अध्यक्ष रिदेन मर्हजन र सचिव प्रशान्त डंगोलका अनुसार  यस अभियानमा लामोसमयकाे संघर्ष पश्चात अभियान सफल भएकाले  नेपाल भाषा अध्ययन गर्न चाहने सम्पूर्ण विध्यार्थीहरूलाइ आवेदन फारम भर्न अनुराेध गरेका छन् ।   

रत्न राज्यलक्ष्मी क्याम्पसका  नेपाल भाषा शिक्षक प्रा.डा. चन्द्रमान  बज्राचार्यले  नेपाल भाषा  विद्यार्थीहरूका लागि आफूले सक्दाे सहयाेग गर्न आफू तयार रहेकाले विध्यार्थी संख्या बढाउन नेवार समुदायलाई विशेष अनुराेध गरेका छन् ।   

आवेदन फाराम अन्तिम मितिः २०७८ साल कार्तिक २२ गतेसम्म आवेदन फाराम भर्न मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयकाे Website: www.tufohss.edu.np  स  https://entrance.tufohss.edu.np/ मा गएर अनलाइन आवेदन फाराम भर्न सकिने छ ।




Share Your Thoughts