डीएसपी विश्वराज खड्कालाई दरबारमार्ग प्रहरीको जिम्मा


अगर बत्ती

Dharana    

access_time 25 Oct 2021

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, दरबारमार्गको जिम्मेवारी डीएसपी विश्वराज खड्कालाई दिएको छ ।  यसअघि बालाजु प्रहरी वृत्तको जिम्मेवारी सम्हालिसकेको भए पनि सत्तारुढ नेपाली कांग्रेस निकट खड्कालाई दरबारमार्गको जिम्मेवारी दिइएको हो ।   

 धादिङका गुण्डा नाइके राधे भण्डारी समूहलाई सहयोग गरेको आरोप लागेपछि उनलाई गजुरीबाट प्रहरी प्रधान कार्यालयमा तानिएको थियो । प्रहरीले उनलाई दरबारमार्गको जिम्मा दिन काज सरुवा गरेको छ ।  इलाका प्रहरी कार्यालय, बुटवलमा पनि डीएसपी ठगबहादुर केसीलाई पठाइएको छ । बुटवलका डीएसपी मदन कुँवर चार महीनामै हटाइएका छन् ।



Share Your Thoughts